ad ad

समाज


महासंघद्वारा सहयोगको अपिल

महासंघद्वारा सहयोगको अपिल

नेपालखबर
असोज २८, २०७६ मंगलबार ८:४९,

नेपाल पत्रकार महासंघले महासंघका हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारका लागि सहयोगको अपिल गरेको छ।

मस्तिष्क घातका कारण गम्भीर विरामी भई काठमाडौंको बाँसवारीस्थित न्यूरो अस्पतालको आइसिसियू कक्षमा उपचाररत बोहरा बोल्न र हिँडडुल गर्न नसक्ने अवस्था रहेपछि बेहोस अवस्थामै काठमाडौं ल्याइएको हो।

दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका अध्यक्ष बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि आर्थिक समस्या परेको भन्दै महासंघले सहयोगको अपिल गरेको छ।

बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुक सह्दयी मित्रहरुलाई उनका दाजु विष्णु बोहराको नाममा राबा बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गरिदिन पनि महासंघले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .