पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट आफ्नो रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ।
पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी यो जानकारी दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘यो उपग्रहले उच्च गुणस्तरका तस्बिर पठाउनेछ, जसले पाकिस्तानलाई सहरहरूको योजना बनाउन, सडक र भवन विकास गर्न, प्राकृतिक प्रकोपसँग जुध्न, कृषिको अनुगमन गर्न, जलवायु परिवर्तन बुझ्नजस्ता राम्रो प्रयोगमा गर्न मद्दत गर्नेछ।’
विज्ञप्ति अनुसार, यो उपग्रह पाकिस्तानको अन्तरिक्ष एजेन्सी सुपरकोले चिनियाँ कम्पनी सीईटीसी र माइक्रोस्याटसँगको सहकार्यमा विकास गरेको हो।
विज्ञप्तिमा थप भनिएको छ, ‘यसको उद्देश्य देश विकास अगाडि बढाउनु र जनताको जीवन सुधार गर्नु हो।’
240
Shares

प्रतिक्रिया