ad ad

प्रविधि


इन्स्टाग्रामका लाखौँ अकाउन्टमा किन देखियो एकैपटक समस्या?

इन्स्टाग्रामका लाखौँ अकाउन्टमा किन देखियो  एकैपटक समस्या?

नेपालखबर
जेठ ८, २०८० सोमबार ८:११, काठमाडौँ

लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्रामका लाखौँ प्रयोकर्ताको अकाउन्टमा एकैपटक समस्या देखिएको छ।

प्रयोगकर्ताले फिड र स्क्रोल पनि गर्न कठिन हुनेगरी इन्स्टाग्राम डाउन भएको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार एकैपटक ९८ हजारभन्दा बढी प्रयोगकर्ताको अकाउन्टमा पूर्णरूपमा समस्या देखिएको हो।

रोयटर्सले डाउनडिटेक्टरलाई उद्धृत गर्दै इन्स्टाग्राममा आंशिकसहित करिब १ लाख ८० हजार प्रयोकर्ताको अकाउन्टमा समस्या देखिएको उल्लेख गरेको छ।

सबैभन्दा बढी क्यानडामा २४ हजार र बेलायतमा ५६ हजार प्रयोकर्ताको अकाउन्टमा समस्या देखिएकोो थियो।

इन्स्टाग्राम सञ्चालक कम्पनी मेटाले प्राविधिक समस्याका कारण केही प्रयोकर्ताहरू आफ्नो अकाउन्ट खोल्न असमर्थ भएको जनाएको छ। 

उक्त समस्या अहिले समाधान भइसकेको मेटाका प्रवक्ता एन्डी स्टोनले जनाएका छन्।

'हामी इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्नो अकाउन्टको पहुँचमा सामना गर्नुपरेको कठिनाइबारे पूर्ण सचेत छौँ, सकेसम्म सामान्य बनाउने प्रयास गरिरहेका छौँ, अप्ठ्यारोमा पर्नुहुने सेवाग्राहीसँग हामी माफी माग्दछौँ,' उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .