ad ad

प्रविधि


भारतको चन्द्रयान–२ कसरी असफल भयो? नासाले सार्वजनिक गर्‍याे तस्बिर

भारतको चन्द्रयान–२ कसरी असफल भयो? नासाले सार्वजनिक गर्‍याे तस्बिर

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ७:२८,

 विक्रम ल्यान्डर नाम दिइएको उक्त रोवोटिक यानले यसै महिनाको ७ तारिखमा चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखिएको थियो।

 यद्यपी चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि उक्त यान भारतको अन्तरिक्ष संस्था इसरोसँगको सम्पर्कबाट बाहिरियो।

 आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको चन्द्रयान २ भारतको महत्वाकाँक्षी अभियान थियो।

हालसम्म रुस, संयुक्तराज्य अमेरिका र चीनलेमात्र आफ्ना अन्तरिक्ष यान चन्द्रमामा अवतरण गराउन सफल भएका छन्। भारत अन्तरिक्षमा शक्तिराष्ट्र बन्न चाहन्थ्यो।

यद्यपी त्यो योजना यसपटक पुरा हुन सकेन। विक्रम ल्यान्डर गत ७ तारिखदेखि सम्पर्कविहिन छ। त्यसयता उक्त यान कसरी दुर्घटनामा पर्यो भनेर अनुसन्धानहरु भइरहेका छन्।

हालै अमेरिकी अन्तरिक्ष संस्था नासाले भारतको चन्द्रयान २ अभियान कसरी सफल भयो भनेर तस्बिर सार्वजनिक गरेको छ।

नासाले विक्रम ल्यान्डरले अवतरण गर्ने स्थानको हाइ रिजोलुसन तस्बिर सार्वजनिक गरेको छ।

बिहीबार यी तस्बिरहरु सार्वजनिक गर्दै नासाले भनेको छ,‘हामीले चन्द्रयान २ विक्रम ल्यान्डरको अवतरणस्थलका तस्बिर खिचेका छौं। तस्बिर अँध्यारोमा लिइएको छ। विक्रम ल्यान्डरको स्थितीको बारेमा जानकारी छैन। अक्टुबर महिनामा उज्यालो भएपछि बाँकी तस्बिर खिच्नेछौं।’

नासाले आफ्नो वेबसाइटमा विक्रम ल्यान्डर चन्द्रमाको सतहमा बजारिएपछि त्यो सम्पर्कविहिन भएको जनाएको छ। माथिबाट तिब्र गतिमा भारतको चन्द्रयान खसेको अनुमान गरिएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .