ad ad

कारोबार


नयाँ नोट सटही खुल्यो, उपत्यकाका यी स्थान र बैंकमा साट्न सकिन्छ

नयाँ नोट सटही खुल्यो, उपत्यकाका यी स्थान र बैंकमा साट्न सकिन्छ

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ७:११,

 चाडपर्वलाई लक्षित गरी नयाँ नोट साट्ने काम आज (शुक्रबार)बाट सुरू भएको छ।

नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्ने व्यवस्था गरेको हो।

शुक्रबारदेखि सुरु भएको नयाँ नोट उपलब्ध गराउने कार्यक्रम १७ गतेसम्म जारी रहने राष्ट्र बैंक जनाएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना नै जारी गरेर सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका नोट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट लिन सक्ने जानाकारी गराएको हो।

सर्बसाधारणले आफूलाई पाएक पर्ने राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकका सबै शाखाबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुरमा रहेका नेपाल बैंकका शाखाबाट नयाँ नोट साट्न सकिने छ।

काठमाडौं उपत्यकाभित्र नै राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार, सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखामा रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट नयाँ नोट सटही गर्न सकिने छ।

कृषि विकास बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने विभागले जनाएको छ। विभागका अनुसार गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोकमा रहेका कृषि विकास बैंकका शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिने छ।

राष्ट्र बैंकले काठमाडौं उपत्यका बाहिर पनि विभिन्न स्थानबाट नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको छ। उपत्यका बाहिर विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा रहेका राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साट्न सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .