प्रविधि


भारतको चन्द्रयान–२ चन्द्रमाको कक्षमा पुग्यो, सतहमा उतार्ने प्रक्रिया सुरु

भारतको चन्द्रयान–२ चन्द्रमाको कक्षमा पुग्यो, सतहमा उतार्ने प्रक्रिया सुरु

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ७:२५,

इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो।

चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोमिटर टाढा रहेको छ। इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु हुने जनाएको छ।

इस्रोद्वारा जारी विज्ञप्तिमा आउँदो सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा चन्द्रयान–२ अवतरण गर्नेछ।

चन्द्रयानको स्वास्थ्य र गुणस्तर राम्रो भएकाले चन्द्रमामा अवतरण सफल हुने इस्रोले जनाएको छ। यो यान गत जुलाई २२ का दिन पृथ्वीबाट प्रक्षेपण गरिएको थियो।

चन्द्रयान–२ आजसम्म चन्द्रमाको कसैले पाइला नटेकेको दक्षिणी क्षेत्रमा अवतरण गर्नेछ। चन्द्रयानमा अर्बिटर, ल्यान्डर र रोभर रहेका छन्।

चन्द्रमाको सतहमा पहिलो पटक भारतीय यान अवतरण गर्न लागेको हो। यससँगै चन्द्रमाको सतहमा पुग्ने विश्वमै चौथो देश बन्नेछ।

एएफपीका अनुसार यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा यानहरु ओरालिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad