बीबीसीका अनुसार एप्पलले नयाँ एअरट्याग, आइप्याड र आइम्याक सार्वजनिक गरेको हो।
पहिले, एप्पलको उत्पादन प्रयोग गर्नेहरुको लागि एअरट्याग निकै उपयोगी छ। यसको मूल्य २९ अमेरिकी डलर हो। यो अप्रिल ३० देखि बजारमा पाइन्छ।
यसले आइप्याड तथा आइफोनमा ब्लुतुथ सिग्नल दिनेछ जसका कारण आफूले आइफोन तथा आइप्याड कहाँ राखिएको छ भनेर थाहा पाउन सकिन्छ। यसमा यू१ चिप्स हालिएको हुन्छ।
AirTags are official. Smart to make the tag customizable – Apple really understands mobile/wearable/personal products. Privacy will help this to appeal to those that would reject other tags #appleevent pic.twitter.com/u8mI9oiQMo
— Ian Fogg (@ianfogg42) April 20, 2021दोस्रो, नयाँ आइम्याक सात रङमा खरिद गर्न सकिन्छ। ११.३ मिलियन पिक्सेल गुणस्तर भएको नयाँ आइम्याकको डिस्प्ले २४ इन्चको हुनेछ। यसको क्यामेरा पहिलेभन्दा परिस्कृत छ। यसमा १६ जीबीको र्याम छ।
अन्त्यमा, नयाँ आइप्याड प्रोमा अल्ट्रा–वाइड क्यामेरा र फाइभजी कनेक्टीभिटी हुनेछ। एमवान चिप भएकाले नयाँ आइप्याडको ग्राफिक्स पहिलेभन्दा १५ सय गुणा राम्रो हुनेछ।
अनलाईन गेमिङको लागि केन्द्रित गरेर नयाँ आइप्याड निर्माण गरिएको हो। यसमा दुई टेराबाइट स्टोरेज छ।
प्रतिक्रिया