ad ad

समाज


नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा विमानस्थलबाटै फर्काइए विदेश हिँडेका १२२ यात्रु

नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा विमानस्थलबाटै फर्काइए विदेश हिँडेका १२२ यात्रु

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ६:३८,

वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ।

उनीहरुले नक्कली पीसीआर रिपोर्ट लिएको पाइएपछि विमानस्थलबाटै फर्काइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुखएसएसपी राजेशनाथ बास्तोलाले बताए।

फर्काइएको यात्रु नेपाली र भारतीय नागरिक हुन्। उनीहरु एयर अरेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए।

तर विमानस्थल हेल्थ डेस्कमा चेकजाँचका क्रममा मंगलबार मात्रै सिल गरिएको सुरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएको पाइएपछि फर्काइएको हो।

यो ल्याबले स्वाब नै नलिई ९ हजार रुपैयाँमा नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको पाइएको छ। ल्याबका सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बास्तोलाका अनुसार एयर अरेबियाका ५४ जना, जजिरा एयरका ३६ जना र सलाम एयरका ३२ जना गरी १२२ जनालाई फर्काइएको हो।

यीमध्ये ७२ जना नेपाली, ४९जना भारतीय र १ जना पाकिस्तानी नागरिक हुन्।

यो पनि–
स्वाब नै नलिइ पीसीआर रिपोर्ट दिने ल्याबका सञ्चालकसहित ८ जना पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .