ad ad

प्रविधि


मुन ल्यान्डर बनाउन नासाले छनौट गर्‍यो इलोन मस्कको स्पेसएक्स

मुन ल्यान्डर बनाउन नासाले छनौट गर्‍यो इलोन मस्कको स्पेसएक्स

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ११:५९,

स्पेसएक्स विश्वका दोस्रो धनाढ्य व्यक्ति इलोन मस्कको कम्पनी हो। यस कम्पनीले यतिबेला अन्तरिक्षमा प्रयोग हुने सामग्रीहरु निर्माण गर्दै आएको छ।

स्पेसएक्स पछिल्लो समय मंगल अभियानमा प्रयोग गर्न सकिने रकेट परीक्षण गरिरहेको छ भने यस कम्पनीका भूउपग्रहहरु निकै भरपर्दा मानिन्छन्।

नासाले आफ्नो अभियान अन्तर्गत बनाइने स्पेसएक्सको रकेटले फेरि चन्द्र अभियानमा महत्वपूर्ण भूमिका खेल्ने बताएको छ।

नासाका अनुसार स्पेसएक्सको रकेटमा चढेर फेरि मानिस चन्द्रमा पुग्नेछन्।

यसअघि स्पेसएक्सका मालिक मस्कले आगामी केहीवर्षमा चन्द्रममा आफ्ना रकेटहरु पुग्ने बताउँदै स्पेसएक्सले चन्द्रममा पर्यटक घुमाउने लैजाने बताएका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .