राजनीति


‘सभामुखले दुई वर्षदेखि एमसीसी रोक्नुभयो, अब वैशाख ७ अघि नै निर्णय जे गर्ने हो सदनले गर्छ’

‘सभामुखले दुई वर्षदेखि एमसीसी रोक्नुभयो, अब वैशाख ७ अघि नै निर्णय जे गर्ने हो सदनले गर्छ’

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ११:४४,

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकले तीन–बुँदे निष्कर्ष निकालेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो बैठकले सरकारले संसदमा लगेका प्रस्तावहरुलाई स्वेच्छाचारी ढंगले रोक्न नमिल्ने निष्कर्ष निकालेको छ।

‘दुई बर्षदेखि सभामुखले एमसीसी रोकेर राख्नुभएको छ। बैशाख ७ गते अगाडि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउन भनिनेछ। निर्णय जे गर्ने हो, सदनले गर्छ,’ सो बैठकका निष्कर्ष भनी थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको उपनिर्वाचन संविधान र कानुनबमोजिम छिट्टै गर्नुपर्छ।’

All party sarbadaliya 4Baisakh77

त्यसैगरी कोभिड–१९ महामारीको दोस्रो चरणको संक्रमण नियन्त्रण गर्न सरकारले बढी ध्यान दिनुपर्ने सो बैठकको ठहर छ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई लगायत केहि नेताहरु भने सहभागी भएनन्।

अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सहायता लिने सम्झौतामा उल्लेखित केहि प्रावधानहरुको पार्टीहरु भित्रैबाट चर्को विरोध भएपछि संसदमा निर्णयार्थ प्रस्तुत हुन सकेको छैन।

सो सम्झौता संसदबाट अनुमोदन हुन नसक्दा अमेरिकाबाट नेपाललाई प्रदान गर्ने भनिएको ५० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता अहिले रोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .