ती तस्बिरहरु रातो ग्रह अर्थात मंगल ग्रह गइरहेको तियनवेन–१ यानले खिचेका तस्बिरहरु हुन्।
३३० देखि ३५० किलोमिटर टाढाबाट त्यो तस्बिरहरु लिइएको सीजीटीएनले जनाएको छ।
सन् २०२० को जुलाई २३ मा उक्त यान मंगल ग्रह प्रस्थान गरेको थियो।
५ हजार केजीको उक्त यानमा अर्बिटर ३ हजार १७५ केजीको छ जुन मंगल ग्रहको कक्षमा रहनेछ।
रोभर भने २४० केजीको छ। यो रोभरमा ल्यान्डर छ जुन मंगल ग्रहमा आगामी मे महिनामा अवतरण गर्नेछ।
प्रतिक्रिया