ad ad

प्रविधि


एक लाख केजी बोक्ने रकेट बनाउँदै चीन!

एक लाख केजी बोक्ने रकेट बनाउँदै चीन!

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ११:२६,

चीनले चन्द्र अभियान अन्तर्गत शक्तिशाली रकेट बनाउन लागेको सीसीटीभीले जनाएको छ।

यो रकेट चन्द्रमासम्म पुग्नसक्ने बताइएको छ भने यो स्पेसएक्सको फाल्कन हेभी रकेटभन्दा शक्तिशाली हुने बताइएको छ।

फाल्कन हेभी रकेटको वजन १४ लाखभन्दा बढी हो। यसले ६४ हजार केजीसम्म बोक्नसक्छ।

चीनको बानाउने भनिएको रकेटले भने एक लाख केजीसम्म बोक्नेछ।

यसअघि चीनको लङ मार्च ५ रकेटले २५ हजार केजीसम्म बोक्न सक्थ्यो। हाल बनाउने भनिएको रकेटले त्योभन्दा चार गुणा बढी सामग्री बोक्नेछ।

सीसीटीभीसँगको अन्तर्वार्तामा चिनियाँ वैज्ञानिक लिउन इन्जीले एक लाख केजीसम्म बोक्नसक्ने रकेटको सम्भाव्यता अध्ययन सकिएको जानकारी दिएका छन्।

The US government okayed Elon Musk's plan for SpaceX triple the satellites  in orbit to sell broadband internet — Quartzस्पेसएक्सकाे फाल्कन हेभी रकेट

उनका अनुसार अब यसलाई विकास गरिने विषयमा अनुसन्धान केन्द्रित हुनेछ। उनले आगामी पाँच वर्षभित्र यो शक्तिशाली रकेटको निर्माण सम्पन्न हुने पनि बताएका छन्।

चीनल सन् २०२२ भित्र अन्तरिक्षमा आफ्नै स्पेस स्टेसन निर्माण गरिसक्ने बताएको छ। त्यस्तै उसले सन् २०४५ भित्र चन्द्र अभियानका लागि लुनार स्टेसन बनाइसक्ने योजना बनाएको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .