ad ad

प्रविधि


चराजस्तै पखेटा फटफटाउने विमान परीक्षण गर्दै एयरबस

चराजस्तै पखेटा फटफटाउने विमान परीक्षण गर्दै एयरबस

नेपालखबर
साउन १८, २०७६ शनिबार ११:२५,

चरा उडेको देखेरै वैज्ञानिकले चराजस्तै आकाशमा उड्नसक्ने विमानको परिकल्पना गरेका हुन्।

त्यसैले हवाई जहाज लगायत विभिन्न किसिमका विमानहरुको बनावट चराको शारीरिक बनावटबाट प्रेरित छ।

यद्यपी अहिलेसम्म यस्तो विमानको निर्माण हुनसकेको छैन जसले चराजस्तै पखेडा फटफटाओस्।

तर यतिबेला युरोपेली विमान उत्पादक कम्पनी एयरबसले चराजस्तै पखेटा फटफटाउने विमानको परीक्षण गर्ने भएको छ।

एयरबसका अनुसार परीक्षणका लागि साना विमानहरु निर्माण भइसकेका छन्। यसको परीक्षण चाँडै गर्ने कम्पनीको भनाइ छ।

यस विमान अल्बाट्रस चराबाट प्रेरित भएको एयरबसको भनाइ छ। यसको नाम नै अल्बाट्रसवन राखिएको छ।

केही समय अगाडिमात्र एयरबसले ‘बर्ड अफ प्रे’ भनेर चराकै आकारका पार्टपुर्जा भएको विमान सार्वजनिक गरेको थियो। एजेन्सी

Image result for bird of prey plane

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .