अमेरिकाको बोस्टनमा डाक्टरहरुले जिउँदो व्यक्तिमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको बताएका छन्।
आनुवांशिक इन्जिनियरिङ गरिएको सुँगुरबाट प्राप्त मिर्गौला पहिलो पटक जिउँदो व्यक्तिमा प्रत्यारोपण गरिएको हो।
मासाचुसेट्स जेनरल हस्पिटलमा चार घण्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको बताइएको छ। १९५४ मा विश्वमा पहिलो पटक मिर्गौला प्रत्यारोपण यही अस्पतालमा गरिएको थियो।
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका बिरामी ६२ वर्षीय रिक स्लेम्यान हुन्। उनको अवस्था सुधार हुँदै गएको बताइएको छ।
यसअघि सुँगुरको मिर्गौल मस्तिष्कमृत्यु भएका व्यक्तिमा प्रत्यारोपण गरिएको थियो। दुई पुरुषमा सुँगुरको मुटु समेत प्रत्यारोपण गरिएको थियो। तर, केही महिनाभित्रै दुवैको मृत्यु भएको थियो।
स्लेम्यानले २०१८ मा यही अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थियो। गत सालदेखि मिर्गौला फेलियरको संकेत देखिएपछि उनी डाइलासिसमा जान थालेका थिए।
त्यसमा पनि समस्या देखिन थालेपछि सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न डाक्टरहरुले सल्लाह दिएका थिए। एजेन्सी
Shares
प्रतिक्रिया