गतहप्ता मात्र भारतले पब्जीलाई प्रतिबन्ध गरेको थियो। त्यसको केही दिनमै भारतमा पब्जीजस्तै गेम फौजी आउने घोषणा गरिएको हो।
बलिउड अभिनेता अक्षय कुमार र एक भारतीय कम्पनीले यस अनलाईन गेम ल्याउन लागेको बताइएको छ।
बैंगलौरस्थित एन–कोर गेम्स नामको कम्पनीले फौजी गेमलाई तयार पारेको हो। पब्जी प्रतिबन्ध गरिएपछि यस गेमले पब्जीको माग पूर्ति गर्ने अपेक्षा गरिएको छ।
Supporting PM @narendramodi’s AtmaNirbhar movement, proud to present an action game,Fearless And United-Guards FAU-G. Besides entertainment, players will also learn about the sacrifices of our soldiers. 20% of the net revenue generated will be donated to @BharatKeVeer Trust #FAUG pic.twitter.com/Q1HLFB5hPt
— Akshay Kumar (@akshaykumar) September 4, 2020आगामी अक्टोबर महिनाभित्रै यो गेम डाउनलोड गर्न सकिनेछ। एन–कोर कम्पनीका सह–संस्थापक विशाल डोडलका अनुसार फौजी गेमको पूरा नाम ‘फियरलेस एन्ड युनाइडेट गार्ड्स’ हो।
यस खेलको पहिलो लेभल लद्दाख नजिकैको गलवान उपत्यकामा आधारित रहेको बताइएको छ।
गत जुन १५ मा चिनियाँ र भारतीय सेनाबीच सोही क्षेत्रमा झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो। एजेन्सी
प्रतिक्रिया