पहिले गुगल फोटोज एप्समा फेसबुक, वाट्सएप तथा इन्स्टाग्रामजस्ता सामाजिक सन्जालका फोटोहरु स्वचालित रुपमा फोल्डर बनेरै स्टोर हुन्थे।
इन्टरनेटको खपत कम गर्नका लागि यस कार्य गरिएको गुगलले जनाएको छ। हाल विश्वभर कोरोनाको त्रास फैलिएको छ।
मानिसहरु यतिबेला सामाजिक सन्जालमा धेरैभन्दा धेरै फोटो र भिडियोहरु सेयर गरिरहेका छन्।
यसो हुँदा गुगल फोटोजमा पनि फोटो र भिडियोहरु अटो–स्टोर भइरहेका हुन्छन्। यसरी इन्टरनेटको खपत मानिसहरुले पहिलेभन्दा अहिले धेरै गरिरहेका छन्।
इन्टरनेटको खपत कम गरेर इन्टरनेटमा भार कम गर्न पछिल्लो कदम गुगलले चालेको हो। गुगलले आफ्नो कदमले इन्टरनेटका अन्य काममा बाधा नपुग्ने विश्वास व्यक्त गरेको छ।
यसअघि युट्युब र नेटफ्लिक्सले आफ्नो भिडियोको क्वालिटी घटाएका थिए। उक्त कार्यले इन्टरनेटको कम खपत भएको बताइएको छ।
गुगलका अनुसार अब फेसबुक, हेलो, इन्स्टाग्राम, लाइन, म्यासेजेज, म्यासेन्जर, स्न्याप च्याट, ट्वीटर, भाइबर, वाट्सएपजस्ता समाजिक संजालमा फोटोहरु गुगल फोटोजमा सेभ हुनेछैन। एजेन्सी

प्रतिक्रिया