ad ad

प्रविधि


आज अप्रिल फुल तर नमनाउने गुगलको निर्णय, यस्ताे छ उसकाे भनाइ

आज अप्रिल फुल तर नमनाउने गुगलको निर्णय, यस्ताे छ उसकाे भनाइ

नेपालखबर
चैत १९, २०७६ बुधबार २:१६,

आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फुल’। जुन दिन मानिस एकअर्कालाई झुक्याएर रमाइलो गर्ने गर्छन् अर्थात् मूर्ख बनाउने प्रयास गर्छन्।

तर यसपटक कोरोना भाइरसको संक्रमणले विश्वलाई नै चिन्तित बनाइरहेकाले अप्रिल फुल मनाउने मुडमा मानिस छैनन्।

अझ भन्नुपर्दा यस्तो संवेदनशील बेला झुटो कुरा गरेर रमाइलो गर्नु अमानवीय हुन्छ।

यही कुरालाई मनन गरी इन्टरनेट जाएन्ट गुगलले यो वर्ष अप्रिल फुल नमनाउने निर्णय गरेको छ।

समाचार संस्था एजेन्सीका अनुसार गुगलले यो वर्ष अप्रिल फुल दिवसको प्रान्क रद्द गरेको हो। गुगलको मार्केटिङ विभागका प्रमुख लोरिन टुहिलले कम्पनीका उच्च पदस्थ कर्मचारीलाई इमेलमार्फत गुगलले यस वर्ष अप्रिल फुल नमाउने निर्णय गरिएको सन्देश पठाएका छन्।

‘सामान्य अवस्थामा अप्रिल फुल गुगलको परम्परा हो। तर यो वर्ष कोरोना भाइरसको महामारीसँग लडिरहेका मानिसको सम्मानमा हामीले यो परम्परा स्थगन गरेका छौं,’ इमेलमा उनले भनेका छन्, ‘अहिलेको हाम्रो सबैभन्दा ठूलो लक्ष्य भनेकै मानिसको सहयोगी बन्नु हो। त्यसैले हाम्रा ठट्टा अर्को अप्रिलका लागि जोगाई राखौं।’

गुगलले २ दशकदेखि अप्रिल फुल मनाउने गरेको छ। अप्रिल १ तारिखका दिन आफ्ना विभिन्न प्लेटर्फमा गुगल प्रान्क प्रदान गर्ने गर्छ।

तर यस वर्ष गुगलले कोरोना महामारीविरुद्धको लडाइँमा आफूलाई सहभागी गराएको हो। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गुगलले ८० करोड डलर सहयोग गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .