ad ad

राजनीति


बेलायतस्थित नेपाली दूतावास सातै दिन खुला रहने

बेलायतस्थित नेपाली दूतावास सातै दिन खुला रहने

नेपालखबर
चैत १९, २०७६ बुधबार २:४,

बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा लण्डनस्थित नेपाली दूतावास अब सातै दिन खुल्ने भएको छ।

कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न सातै दिन कार्यालय खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ।

यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म मात्रै कार्यालय खुला हुने गरेको थियो।

दूतावासमा काम गर्ने अधिकांश कर्मचारीको आवास सोही भवनमा छ। महामारीका बेला दूतावास अझ बढी जिम्मबार हुनुपर्ने हुँदा सूचना नै जारी गरेर हप्तामा सातै दिन कार्यालय खोल्ने निर्णय गरिएको दूतावासका उपनियोग प्रमुख शरद्राज आरणले जानकारी दिए।

दूतावासले जारी गरेको अपिलमा भनिएको छ, ‘हाल नेपालबाट आई बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये केहीमा खानाको व्यवस्थापनलगायत समस्या परेकाले तिनलाई सुरक्षित, संयमित र अनुशासित रहन र अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिन्छ।’

यसैगरी दूतावासले समस्या समाधानका लागि सम्बन्धित ठाउँमा कुराकारीसमेत भइरहेको जनाएको छ।

अपिलमा वास्तविक समस्यामा परेका र भविष्यमा समस्यामा पर्न सक्ने विद्यार्थीलाई आर्थिकलगायत अन्य सहयोग उपलब्ध गराउनु सबैको मानवीय कर्तव्य र जिम्मेवारी भएको उल्लेख छ।

‘स्वेच्छाले सहयोग गर्न चाहने इच्छुक महानुभावलाई दूतावासमा सम्पर्क गर्न दूतावासका उपनियोग प्रमुख आरणको मोबाइल नम्बर ०७४६०५९१८८ र दूतावासको इमेल [email protected] उपलब्ध गराइएको छ,’ अपिलमा भनिएको छ।

केही दिनदेखि नेपाली विद्यार्थी बेलायतमा खान बस्न पाएनन् भनी समाचार आइरहेका छन्। मङ्गलबार केही विद्यार्थीले भिडियोमार्फत आफ्नो समस्या बाहिर ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .