प्रविधि


चीनको एआई बट डिपसिक लन्चसँगै अमेरिकी टेक कम्पनीमा हलचल

चीनको एआई बट डिपसिक लन्चसँगै अमेरिकी टेक कम्पनीमा हलचल

नेपालखबर
माघ १५, २०८१ मंगलबार १२:५५, काठमाडौँ

चीनको एआई बट डिपसिकको सुरुवातले अमेरिकी टेक कम्पनीहरूमाझ हलचल मच्चाएको छ।

कम लागतको एआई बटको सुरुवातपछि अमेरिकी सेयर बजारमा धेरै ठूला टेक कम्पनीको सेयर मूल्य घटेको छ। 

सबैभन्दा ठूलो धक्का विशाल चिप निर्माता कम्पनी एनभिडियालाई लागेको छ। 

कम्पनीको सेयर मूल्यमा आएको गिरावटका कारण यसले ५०० अर्ब डलरभन्दा बढीको घाटा बेहोरेको छ।

डिपसिकको सुरुवातले अमेरिकामा मात्र नभई जापान, दक्षिण कोरिया र ताइवानमा पनि सेयर बजारमा गिरावट आएको छ।

बीबीसीका अनुसार गत हप्ता लन्च गरिएको डिपसिक अब च्याट जीपीटीलाई उछिन्दै अमेरिकामा सबैभन्दा धेरै डाउनलोड गरिएको नि:शुल्क एप बनेको छ।

डिपसिक आफ्ना प्रतिस्पर्धीभन्दा धेरै कम लागतमा निर्माण गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad