प्रविधि


‘डिपसिक’को च्याटबटले ल्यायो एआईको दुनियाँमा हलचल

‘डिपसिक’को च्याटबटले ल्यायो एआईको दुनियाँमा हलचल

नेपालखबर
माघ १४, २०८१ सोमबार १८:४३,

चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डिपसिक लोकप्रिय भएसँगै यसले एआईको क्षेत्रमा हलचल ल्याएको छ।

च्याटजीपीटीलगायत आफ्ना प्रतिस्पर्धीहरूलाई उछिन्दै डिपसिक अमेरिका, बेलायत र चीनमा एप्पलको एप स्टोरमा सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने निशुल्क एप बनेको छ।

जनवरीमा सुरु भएसँगै सो एपको लोकप्रियता चुलिएको थियो। यसले एआईका क्षेत्रमा अमेरिकालाई कसैले छुन नसक्ने आम विश्वासलाई चुनौती दिएको थियो।

यसको चर्चाको अर्को कारण यसमा लागेको खर्च हो। अमेरिकी मोडलहरूमा अर्बौं डलर खर्च भइरहेका बेला डिपसिक–भी३ मोडल बनाउन ६० लाख डलर मात्र खर्च गरिएको यसका अनुसन्धाताहरूको दाबी छ।

डिपसिक–आर१ यही महिना सुरु भएपछि सिलिकन भ्यालीका लगानीकर्ता तथा डोनाल्ड ट्रम्पका सल्लाहकार मार्क एन्ड्रिसनले यसलाई ‘एआईको स्पुतनिक क्षण’ भनेका थिए। स्पुतनिक १९५७ मा सोभियत संघले प्रक्षेपण गरेको पहिलो मानवनिर्मित स्याटलाइट थियो।

च्याटजीपीटी, डिपसिकजस्ता एआई मोडल विकास गर्न अत्याधुनिक चिप आवश्यक पर्छ।

तर, अमेरिकाले २०२१ देखि चीनमा त्यस्तो चिप जान नदिन कठोर प्रतिबन्ध लगाएको थियो।

त्यसपछि चिनियाँ अनुसन्धानकर्ताहरूले निकै कम खर्च र कम्प्युटिङ क्षमतामा काम गर्न सक्ने एआई मोडेल विकास गरेका हुन्। यसले यो उद्योगमा नै हलचल ल्याउने आकलन गरिएको छ। 

उसका प्रतिस्पर्धी कम्पनीहरूको नाफामा धक्का लाग्न सक्ने विश्लेषण कतिपयले गरेका छन्। 

डिपसिक २०२३ मा हाङचाउका लियाङ वेनफेङले स्थापना गरेका हुन्। ४० वर्षे यी इन्फर्मेसन तथा इलेक्ट्रोनिक इन्जियिनरले एउट हेज फन्ड पनि स्थापना गरेका थिए। सोही फन्डले डिपसिकलाई आर्थिक सहायता गरिरहेको छ।

उनले हालै चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई पनि भेटेका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad