गुगलले विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरलाई पनि दस सेप्टिलियन वर्ष (१०,०००,०००,०००,०००,०००,०००,०००,००० वर्ष) लाग्ने समस्या ५ मिनेटमै समाधान गर्ने चिप लन्च गरेको छ।
पार्टिकल फिजिक्सका सिद्धान्त प्रयोग गरी यो चिपबाट नयाँ प्रकारको अत्यन्त शक्तिशाली कम्प्युटर बनाउने प्रयास भइरहेको छ।
गुगलले यसको नाम राखेको छ - विलो।
गुगलले आफ्नो चिप अभूतपूर्व उपलब्धि भएको बताएको छ।
यद्यपि, विलो अझै पनि धेरै हदसम्म प्रयोगात्मक यन्त्र हो, जसको अर्थ वास्तविक-विश्व समस्या समाधान गर्न सक्षम र शक्तिशाली क्वान्टम कम्प्युटर अझै वर्षौं टाढा रहेको विज्ञहरू बताउँछन्।
42
Shares

प्रतिक्रिया