ad ad

प्रविधि


सन् २०२० भित्र चन्द्रयान ३ अभियान सफल बनाउने तयारीमा भारत

सन् २०२० भित्र चन्द्रयान ३ अभियान सफल बनाउने तयारीमा भारत

नेपालखबर
पुस १५, २०७६ मंगलबार १२:४६,

अन्तरिक्ष विभागका राज्यमन्त्री जितेन्द्र सिंहले भारतले चन्द्रयान ३ सन् २०२० भित्र प्रक्षेपण गरिसक्ने मंगलबार बताएका छन्।

सन् २०२० भित्र चन्द्रमामा भूउपग्रह अवतरण गराउने महाअभियानमा आफूहरु जुटेको र त्यो पुरा गरेर छाड्ने अठोटका साथ आफूहरुले काम गरिरहेको उनको भनाइ छ।

अन्तरिक्षमा महाशक्ति बन्ने उद्देश्यका साथ भारत सन् २००८ देखि चन्द्रममा अन्तरिक्षयान पठाउने प्रयासमा जुटेको छ।

सन् २००८ मा चन्द्रयान १ अभियान अन्तगर्त आफ्नो यान चन्द्रमामा पठाएको भारत पहिलो प्रयासमा असफल भएको थियो।

सन् २०१९ अर्थात् यसै वर्षको जुलाई २२ मा भारतले चन्द्रयान २ अन्तर्गत आफ्नो चन्द्रयान चन्द्रमामा पठाएको थियो।

तर चन्द्रमामा अवतरण गर्ने क्रममा सेप्टेम्बर ७ मा उक्त यान सम्पर्क विहिन भएको थियो। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .