ad ad

राजनीति


समयमै भुक्तानी नदिँदा उखु किसानमाथि अन्याय भयो : कांग्रेस

समयमै भुक्तानी नदिँदा उखु किसानमाथि अन्याय भयो : कांग्रेस

नेपालखबर
पुस १५, २०७६ मंगलबार १२:२३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यालयले किसानले आफ्नो उखु बिक्री गरेबापत रकम भुक्तानी नपाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेस संसदीय दलले मंगलबार विज्ञप्तिमार्फत चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाउँदा गरीब किसान र श्रमिक मर्कामा परेका भन्दै सो विषयप्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी रहेको उल्लेख गरेको छ।

समयमै रकम भुक्तानी नपाउँदा किसानमाथि अन्याय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

‘उखु बिक्रीबापत पुराना तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगीबीच सहमति भए पनि हालसम्म कार्यान्वयन नहुनु अत्यन्त दुःखद पक्ष हो। उखु किसानले आफ्नो उत्पादन बिक्रीको भुक्तानीका लागि काठमाडौँसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ’, विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनरत किसानका मागलाई तत्काल सम्बोधनका लागि सरकारले विशेष पहल गर्न तथा आवश्यक प्रक्रिया अगाडि बढाउन संसदीय दलले माग गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .