ad ad

प्रविधि


पुटिन चलाउँछन्, पुरानो विन्डोज एक्सपी

पुटिन चलाउँछन्, पुरानो विन्डोज एक्सपी

नेपालखबर
पुस १, २०७६ मंगलबार १०:४१,

विज्ञान र प्रविधिका क्षेत्रमा निकै अगाडि छ, रुस। त्यो मुलुकका राष्ट्रपति भ्लादिमिर पुटिन कस्तो कम्प्युटर चलाउँछन् होला?

तर, धेरैको अनुमानविपरीत पुटिनले प्रचलनबाट हराइसकेको विन्डोज एक्सपी चलाउने गरेका छन्। सञ्चारमाध्यममा उनको डेस्कटप कम्प्युटरको तस्बिर बाहिरिएपछि यसको खुलासा भएको हो।

क्रेमलिनस्थित पुटिनको अफिस र उनको निवास नोभो ओगार्योभोमा समेत राखिएको कम्प्युटरमा विन्डोज एक्सपी अपरेटिङ सिस्टम जोडिएको जनाइएको छ।

माइक्रोसफ्टले सन् २०१४ देखि नै एक्सपी अपरेटिङ सिस्टमका लागि अपडेट बन्द गरिसकेको छ।

तर, रुसले साइबर आक्रमणको डरले थुप्रै विदेशी सफ्टवेयर प्रयोगमा प्रतिबन्ध लगाएको छ।

सन् २००१ मा सुरु भएको विन्डोज एक्सपी प्रयोग गर्न रुस सरकारले अनुमति दिएको छ। पछिल्लो विन्डोज १० भने राज्यको गोपनीयता नरहने कम्प्युटरमा मात्र प्रयोग गर्न पाइन्छ।

रुसी अधिकारीहरुले विदेशी कम्प्युटर अपरेटिङ सिस्टम छोडेर रुसी सिस्टम प्रयोग गर्ने निर्णय गरिसकेका छन्। तर, तत्कालका लागि यो योजना पछि सरेको बताइएको छ।

६७ वर्षीय पुटिन प्रविधिमैत्री नभएको बताइन्छ। उनले स्मार्टफोन पनि प्रयोग गर्दैनन्।

तर, रुसी प्रधानमन्त्री दिमित्री मेद्भेदेव भने आइफोन बोक्छन्। उनको इन्स्टाग्राम पेज पनि छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .