ad ad

प्रविधि


आइफोन १५ मा यूएसबी टाइप सी चार्जिङ पोर्ट राखिने, एनड्रोइड फोनका चार्जरले पनि चार्ज गर्न मिल्ने

आइफोन १५ मा यूएसबी टाइप सी चार्जिङ पोर्ट राखिने, एनड्रोइड फोनका चार्जरले पनि चार्ज गर्न मिल्ने

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार २०:३९, काठमाडौँ

एप्पलले आफ्नो नयाँ संस्करणको आइफोन १५ मा यूएसबी टाइप सी चार्जिङ पोर्ट राख्ने घोषणा गरेको छ। 

एप्पलका कार्यकारी ग्रेग जोसविकले उक्त जानकारी दिएको बेलायती वेबसाइट स्काई न्युजले जनाएको छ। 

हालै युरोपेली संघले सन् २०२४ सम्म सबै स्मार्टफोन निर्माता कम्पनीले आफ्नो उपकरणमा अनिवार्य रूपमा यूएसबी सी पोर्ट राख्नुपर्ने कानुन पारित गरेको थियो। सोहीबमोजिम एप्पलले आफ्नो नयाँ संस्करणका आइफोनमा चार्जिङ पोर्ट टाइप सी राख्ने भएको हो। 

यसअघि एप्पलका स्मार्टफोनमा लाइटनिङ पोर्ट थिए। टाइप सी चार्जिङ पोर्ट राखेपछि आइफोन अन्य एनड्रोइड फोनका चार्जरले पनि चार्ज गर्न मिल्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .