ad ad

प्रविधि


सगरमाथा माथिबाट खिचिएको मनमोहक भिडिओ

सगरमाथा माथिबाट खिचिएको मनमोहक भिडिओ

नेपालखबर
भदौ १२, २०७९ आइतबार १०:४०, काठमाडौँ

८ हजार ८४८.८६ मिटरको उचाइ रहेको सगरमाथाको शिखरमा हिमाल आरोहणबाहेक हेलिकप्टरबाट मात्र जानसमेत कठिन छ।

यो उचाइमा क्यामेराले पनि राम्रो तस्बिर लिन सक्दैन। तर, यो उचाइमा ड्रोनको प्रयोग गरी खिचेको मनमोहक भिडिओ सार्वजनिक भएको छ। 

‘डीजेआई मेभिक ३’ नामक ड्रोनले खिचेको सगरमाथाको भिडिओ सार्वजनिक भएको हो। उचाइका कारण सगरमाथाको चुचुरोमा हावाको चाप समुद्री सतहको एकतिहाइ मात्र हुन्छ। जसको कारण माथि उड्न निकै गाह्रो हुन्छ।

यस्तोमा ड्रोन पनि पुग्न कठिन हुन्छ। तर, यो ड्रोन भने अन्य ड्रोनभन्दा हलुका भएकाले यसले तस्बिर तथा भिडिओ लिन सफल भएको हो। यसको तौल एक लिटर पानीको तौलभन्दा पनि कम थियो।

डीजेआई र ८केरअले संयुक्तरुपमा सगरमाथाको फुटेज लिएका हुन्। ८केरअ चिनियाँ फोटोग्राफी संगठन हो, जसमा हजार भन्दा बढी योगदानकर्ता फोटोग्राफर छन्।

यो फुटेज गत मे २७ मा लिइएको थियो। यसैको फुटेज संकलन गरी अहिले ‘फ्लाइङ ओभर एभरेस्ट‘ रिलिज गरिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .