प्रविधि


नेटफ्लिक्स इटालीको मुद्दा सुल्झाउन ५ करोड ९० लाख डलर बुझाउन सहमत

नेटफ्लिक्स इटालीको मुद्दा सुल्झाउन ५ करोड ९० लाख डलर बुझाउन सहमत

नेपालखबर
जेठ ७ , काठमाडौँ

अमेरिकी स्ट्रिमिङ सेवा प्रदायक कम्पनी नेटफ्लिक्स इटालीमा कर विवादको मुद्दा सुल्झाउन ५ करोड ९० लाख डलर बुझाउन सहमत भएको छ।

शुक्रबार कम्पनीको स्रोतले कम्पनीले उक्त मुद्दा सुल्झाउने सम्झौता गरेको जानकारी दिएको हो। 

कम्पनीमाथि सन् २०१५ देखि २०१९ सम्मको कर नबुझाएको आरोप छ। नेटफ्लिक्सका प्रवक्ताले यो मुद्दा सुल्झिएको भन्दै खुसी व्यक्त गरेका छन्।

उनले निरन्तर इटालीका अधिकारीहरुको सम्पर्कमा रहेको र यस मामिलामा उनीहरुलाई अनुसन्धानको लागि पनि सहयोग गरेको बताए। ​

नेटफ्लिक्समाथि तीन वर्षअघि देखि कर नबुझाएको विषयमा अनुसन्धान सुरु भएको थियो। 

इटालीमा नेटफ्लिक्सको कुनै पनि कार्यालय नभएको कारण उसले स्थानीय पूर्वाधारमा आधारित रहेर सेवा प्रदान गर्दै आएको थियो।

यस्तोमा उसले त्यसको लागि कर तिर्नुपर्ने इटालीको दाबी थियो। यो विवाद निस्किएपछि नेटफ्लिक्सले इटालीमा आफ्नै कार्यालय स्थापना गरेको छ। 

जेठ ७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad