ad ad

प्रविधि


गुगलका सीईओसहित ६ अधिकारीमाथि भारतमा मुद्दा दायर

गुगलका सीईओसहित ६ अधिकारीमाथि भारतमा मुद्दा दायर

नेपालखबर
माघ १३, २०७८ बिहिबार १२:५७, काठमाडौँ

भारतको महाराष्ट्रस्थित एक अदालतको निर्देशनमा अल्फाबेट र गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य ५ अधिकारीहरुमाथि मुम्बई प्रहरीले प्रतिलिपी अधिकार उल्लंघनको मुद्दा दायर गरेको छ। 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीमा गुगलले आफ्नो अनुमति विना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको उल्लेख छ।

युट्युब अल्फाबेटकै एक कम्पनी हो। सुन्दर पिचाई पनि भारतीय मूलका अमेरिकी नागरिक हुन्।

पिचाईलाई एक दिनअघि मात्र भारतको तेस्रो ठूलो सम्मान नागरिक पद्म विभूषण दिने घोषणा गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .