ad ad

प्रविधि


‘५जीको योजनाले वार्षिक १२ लाखभन्दा धेरै यात्रु प्रभावित हुन्छन्’

‘५जीको योजनाले वार्षिक १२ लाखभन्दा धेरै यात्रु प्रभावित हुन्छन्’

नेपालखबर
माघ ४, २०७८ मंगलबार १२:३१, काठमाडौँ

अमेरिकाले अघि सारेको ५जीको योजनाले हवाई उद्योगमा नकारात्मक असर पर्न सक्ने अमेरिकी एयरलाइन्सले चेतावनी दिएको छ।

सोमबार युनाइटेड एयरलाइन्सले यो योजनाले १२ लाख ५० हजारभन्दा धेरै यात्रुहरु प्रभावित हुन सक्ने बताएको हो।

वार्षिकरूपमा १५ हजार उडानसमेत प्रभावित हुने कम्पनीको भनाइ छ। ५जी वायरलेसको योजनाले धेरै यात्रुवाहक र कार्गो उडान रोकिने युनाइटेड एयरलाइन्सले बताएको छ।

कम्पनीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि यस विषयमा आवश्यक कदम चाल्न आग्रह गरेको छ। 

बुधबारदेखि अमेरिकाको केही विमानस्थलमा ५जी सेवा सुरु गर्ने तयारी गरिएको छ।

अहिलेको नियमले ७८७एस, ७७७एस, ७३७एस र क्षेत्रीय विमानलाई अमेरिकाको हौस्टन, नेवार्क, लस एन्जल्स, सन्फ्रान्सिस्को र सिकागोमा धेरै किसिमका प्रतिबन्धको सामना गर्नुपर्नेछ।

त्यस्तै प्रविधिको यस किसिमको हस्तक्षेपले विमानको सुरक्षामा पनि असर गर्न सक्ने एयरलाइन्सले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .