ad ad

प्रविधि


अन्तरिक्षबाट नेपाली स्याटेलाइटले सिग्नल दिन थाल्यो

अन्तरिक्षबाट नेपाली स्याटेलाइटले सिग्नल दिन थाल्यो

भक्तपुरस्थित ग्राउण्ड स्टेसनमा स्याटेलाइटको डेटा लिने प्रक्रिया मिलाउँदै प्रोजेक्टमा संलग्न इन्जिनियरहरु


नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १३:२४, काठमाडौँ

बिहीबार राति लन्च भएको नेपाली स्याटेलाइटले अन्तरिक्षबाट सिग्नल दिन थालेको छ। 

बिहीबार राति अमेरिकास्थित स्पेसएक्सको रकेटबाट प्रक्षेपण भएको नेपाली इन्जिनियरहरूले बनाएको सानोस्याट–१ ले प्रक्षेपण भएको दुई घण्टापछि सिग्नल दिन थालेको हो। 

नेपालमा नै निर्मित उक्त पिको–स्याटेलाइट (पकेट क्युब) स्याटेलाइट मिसनका  प्रोजेक्ट हेड ओरियन स्पेसका सीईओ राकेशचन्द्र प्रजापतिका अनुसार  स्याटेलाइटले बिटा–गामा विकिरण मापन गर्दै डाटाहरु ग्राउन्ड स्टेशनमा उपलब्ध गराउन थालिसकेको छ। 

No description available.

यस स्याटेलाइटको मुख्य उद्देश्य सूर्यबाट वा अन्य ग्यालेक्सीबाट आएका विकिरणले अरु स्याटेलाइटलाई कस्तो क्षति गर्छ भन्ने रहेछ छ। जुन भविष्यमा विकास हुने स्याटेलाइटमा महत्वपूर्ण हुनेछ।

'म लगायत मेरो टिम एकदमै खुशी छौं। राति अबेरसम्म बसेर हामीले डाटाहरु लिन लिएका छौं,' प्रजापतिले नेपालखबरसँग भने, 'हामीले यो अभियानका सुरुवात गर्दा नेपालमै प्रक्षेपणका लागि स्याटेलाइट निर्माणको काम हुन्थेन। त्यो अवस्थाबाट सुरु गरेका हामीले बिहीबार राति प्रक्षेपण गरेका छौं। आँट गरियो भने गर्न सकिँदो रहेछ भन्ने यो उदाहरण बनेको छ।'

No description available.

ओरियन स्पेस, नेपालले बनाएको उक्त स्यटेलाइटको आकार ५० मिलीमिटर लम्बाइ, ५० मिलीमिटर चौडाइ र ५० मिलीमिटर उचाई र वजन २५० ग्राम छ। यसले पृथ्वीलाई ५०० किलोमिटर व्यासार्ध को कक्षामा परिक्रमा गर्नेछ।

यो पनि : स्पेनको लाइसेन्सले अन्तरिक्षमा प्रवेश गर्दै नेपाली सानोस्याट-१ (भिडिओ)

झण्डै ५ वर्ष लगाएर नेपाली इन्जिनियरहरुले बनाएको उक्त स्याटेलाइटबाट बिहीबार राति भक्तपुरस्थित ग्राउन्डस्टेशनबाट जितेन थापा, सौरभ पौडेल, ऋषभमणि शर्मालगायत इन्जिनियरहरुले डाटा रिसिभ गरेका थिए। नेपालमै निर्माण भएर अन्तरिक्षमा प्रक्षेपण भएको यो पहिलो स्याटेलाइट समेत हो।

No description available.

 

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .