ad ad

प्रविधि


पहिलोपटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण

पहिलोपटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण

नेपालखबर
पुस २७, २०७८ मंगलबार ८:४५, काठमाडौँ

अमेरिकामा पहिलोपटक वंशाणु संशोधित गरिएको सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ।

न्युयोर्क टाइम्सका अनुसार ५७ वर्षीय डेभिड बेनेटमा उक्त मुटु प्रत्यारोपण गरिएको हो। ८ घण्टासम्म चलेको प्रायोगिक प्रक्रियाको तीनदिनपछि अहिले बेनेट स्वस्थ हुँदै गएको समाचारमा उल्लेख छ। 

बेनेटको लागि यो प्रत्यारोपण जीवन बाँच्ने एकमात्र आशा थियो। यद्यपि मुटु प्रत्यारोपणपछि उनी कति लामो समयसम्म जीवित रहन्छन् भन्ने स्पष्ट भइसकेको छैन।

शल्यक्रियाको अघिल्लो दिन बेनेटले यो प्रत्यारोपण आफ्नो लागि ‘गर वा मर’ जस्तै भएको बताएका थिए। उनले भनेका थिए, ‘मलाई थाहा छ कि यो अध्याँरोमा तीर चलाउनुजस्तै हो तर मेरो लागि यो अन्तिम मौका हो।’ 

यो शल्यक्रिया नगरेको अवस्थामा बेनेटको मृत्यु निश्चित भएकाले युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका डाक्टरलाई अमेरिकी स्वास्थ्य नियामकले यो प्रक्रियाको लागि विशेष छूट दिएको थियो। 

धेरै लामो समयको अनुसन्धानपछि पहिलोपटक मुटु प्रत्यारोपण गरिएको छ। यसले विश्वभरका धेरै मानिसको जिन्दगी बचाउन सक्ने अपेक्षा छ। 

युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनले एक विज्ञप्ति जारी गर्दै यो शल्यक्रियाले विश्वको ‘अंग कमीको संकट समाधानको एक कदम नजिक’ पुर्‍याएको उल्लेख गरको छ। 

अमेरिकमा प्रत्येक दिन यस्ता १७ बिरामीको मृत्यु हुने गरेको छ। अहिले पनि १ लाखभन्दा धेरै मानिस प्रत्यारोपणको पर्खाइमा छन्।

यसअघि नै मानिसमा जनावरको अंग प्रत्यारोपणको सम्भावनाको विषयमा अनुसन्धान हुँदै आएको थियो। यसलाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ।

गत अक्टोबरमा न्युयोर्कका डाक्टरहरुले सुँगुरको मृगौला सफलतापूर्वक मानिसमा प्रत्यारोपण गरिएको बताएका थिए। यद्यपि मृगौला प्रत्यारोपण गरिएका मानिसको ठीक हुने सम्भावना भने थिएन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .