ad ad

प्रविधि


गुगललाई उछिन्दै टिकटक बन्यो अनलाइनमा सबैभन्दा लोकप्रिय

गुगललाई उछिन्दै टिकटक बन्यो अनलाइनमा सबैभन्दा लोकप्रिय

नेपालखबर
पुस १०, २०७८ शनिबार ९:१५, काठमाडौँ

गुगललाई पछि पार्दै टिकटक अनलाइनमा सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ।

सूचना प्रविधि सुरक्षा कम्पनी क्लाउडफ्लेयरका अनुसार मानिसहरुले सर्च इन्जिनभन्दा धेरै टिकटक हेर्न थालेका हुन्। 

क्लाउडफ्लेयरका अनुसार यस वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा र गत अगष्टयता गुगललाई पछि पार्दै टिकटक पहिलो स्थानमा छ।

गत वर्ष गुगल पहिलो स्थानमा थियो भने टिकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स पनि शीर्ष १० मा अटाएका थिए। 

क्लाउडफ्लेयरका अनुसार क्लाउडफ्लेयर राडार प्रयोग गरेर विश्वव्यापी वेब सञ्जालको निगरानी गरिएको हो। कम्पनीका अनुसार टिकटक व्यापक मात्रामा हेरिनुको एउटा कारण कोभिड–१९ को महामारी पनि हो।

गत जुलाईसम्ममा टिकटक ३ अर्बभन्दा धेरैपटक डाउनलोड भइसकेको छ। 

बाइटडान्सको मातहतमा रहेको सामाजिक सञ्जाल टिकटकका अहिले पनि मासिक एक अर्बभन्दा धेरै सक्रिय प्रयोगकर्ता छन्। यो संख्या निरन्तर बढ्दो क्रममा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .