ad ad

प्रविधि


ईएसएका प्रमुखले भनेः अन्तरिक्षमा इलोन मस्कको प्रभुत्व कायम हुन नदेऊ

ईएसएका प्रमुखले भनेः अन्तरिक्षमा इलोन मस्कको प्रभुत्व कायम हुन नदेऊ

नेपालखबर
पुस १, २०७८ बिहिबार २०:३४, काठमाडौँ

युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) का प्रमुखले इलोन मस्कलाई अन्तरिक्षमा हालिमुहाली गर्ने वातावरण नबनाइदिन युरोपका नेताहरुलाई आह्वान गरेका छन्। मुलुकहरुबीच समन्वयात्मक रुपमा काम नहुने हो भने अर्बपति मस्कले आफैँ कानुन बनाउन थाल्ने चेतावनी पनि उनले दिएका छन्।

ईएसएका नयाँ निर्देशक जोसेफ आसबाकरले युरोपेली मुलुकहरुलाई मस्कको स्टारलिंक स्याटलाइटको विस्तारमा सघाउँदा युरोपकै कम्पनीहरुलाई घाटा हुने पनि बताए। 

‘युरोपका सरकारहरुले युरोपेली कम्पनीहरुलाई निष्पक्ष बजारमा बराबर अवसर उपलब्ध गराउनुपर्छ,’ उनले भने।

जर्मनीले हालै मस्कको स्टारलिंकलाई ४० हजार स्याटलाइट राख्न दिने तयारी थालेको छ। जबकि मस्कले अमेरिकाबाट ३० हजारभन्दा बढी स्याटलाइटको अनुमति पाइसकेका छन्।

मस्कले हालै स्टारलिंकको विस्तारका लागि ३० अर्ब डलर खर्चिने तयारी रहेको बताएका छन्।

‘विश्वका सक्रिय सबै स्याटलाइटमध्ये आधा एउटा व्यक्तिको स्वामित्वमा छ। यो निकै आश्चर्यलाग्दो कुरा हो। वास्तवमा कानुन नै मस्कले बनाइराखेका छन्। युरोपसहित बाँकी विश्वले ठिक समयमा कदम चाल्न सकिरहेको छैन,’ आसबाकरले भने। 

मस्कले अन्तरिक्षमा प्रभुत्व कायम गरिसकेको भन्दै उनले चिन्ता पनि जनाए।

यही वर्ष मस्कको कम्पनी स्पेसएक्सले प्रत्येक महिना एक सयभन्दा बढीको संख्यामा स्याटलाइट प्रक्षेपण गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .