ad ad

प्रविधि


‘ट्विटरका पूर्वकर्मचारीले साउदी अरबका लागि जासुसी गरे’

‘ट्विटरका पूर्वकर्मचारीले साउदी अरबका लागि जासुसी गरे’

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ७:२८,

अमेरिकी नागरिक अहमद अबुआमो र साउदी नागरिक अली अल्जाबराहमाथि साउदीका लागि जासुसी गरेको आरोप लागेको हो।

वाशिङ्टन पोस्टका अनुसार अहमद अल्मुतैरी नाम गरेका तेस्रा साउदी नागरिकमाथि पनि जासुसी गरेको आरोप लगाइएको छ। अल्मुतैरीले ट्विटरका दुई कर्मचारी र साउदी अधिकारीहरूबीच मध्यस्थकर्ताको काम गरेको आरोप रहेको छ।

जासुसीको आरोपमा पक्राउ परेका अबुआमोलाई बुधबार सीयाटलस्थित अदालतमा उपस्थित गराइएको थियो यतिबेला उनी हिरासतमा छन्। उनीविरुद्ध अर्को सुनुवाइ शुक्रबार हुने जनाइएको छ।

सन् २०१५ मा ’मिडिया पार्टनरशिप म्यानेजर’ पदमा काम गर्दै गर्दा अबुआमोले जागिर छोडेका थिए। अली अल्जाबराह र अहमद अल्मुतैरी दुवै जना भने हाल साउदी अरबमा रहेको विश्वास गरिएको छ।

साउदी एजेन्टहरूको निर्देशनमा ट्विटरका पूर्वइन्जिनियर अल्जाबराहले सन् २०१५ मा छ हजारभन्दा ट्विटर प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणमा पहुँच कायम गरेको आरोप छ।

यस घटनापछि ट्विटरले माफी माग्दै भनेको छ,‘विश्वसँग आफ्ना धारणा राख्न र शक्तिमा रहेकाहरूलाई उत्तरदायी बनाउने चाहने हाम्रा प्रयोगकर्ताले सामना गरेको यो अविश्वसनीय जोखिमलाई हामी बुझ्छौँ।’ बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .