ad ad

प्रविधि


ट्विटरका प्रमुख कार्यकारीबाट डोर्सेले दिए राजीनामा

ट्विटरका प्रमुख कार्यकारीबाट डोर्सेले दिए राजीनामा

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार ७:२, काठमाडौँ

चर्चित सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका छन् ।

उनको स्थाथान अब अहिलेका प्रमुख प्राविधिक अधिकृत पराग अग्रवालले लिने ट्विटरले जनाएको छ। डोर्सेले सन् २००६ मा ट्विटरको संस्थापना गरेका थिए ।

उनी ट्विटर र भुक्तानी कम्पनी स्क्वायर दुवैमा सीईओका रुपमा थिए। ‘यो मेरा लागि पद छोड्ने उपयुक्त समय हो’, एक वक्तव्यमा उनले लेखेका छन्, ‘कम्पनी अब अघि बढ्न सक्षम छ।’

उनले आफूलाई प्रतिस्थापन गर्ने व्यक्तिमा पूर्ण विश्वास रहेको बताउँदै उनको सीप, मुटु र आत्माका लागि गहिरो कृतज्ञता व्यक्त गर्दै अब कम्पनीलाई अघि बढाउने समय उनको भएको बताएका छन्।

अग्रवाल सन् २०११ मा ट्विटर पुगेका थिए। सन् २०१७ यता उनी प्रविधि प्रमुख रहँदै आएका छन्। त्यसो त डोर्से केही लगानीकर्ताबाट गत वर्षयता चर्को दबाबको पनि सामना गरिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .