ad ad

प्रविधि


आफ्नो स्मार्टफोन यसरी राख्नुहोस् सुरक्षित

आफ्नो स्मार्टफोन यसरी राख्नुहोस् सुरक्षित

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १३:५९, काठमाडौँ

अहिले सबैजसो मानिसको हातमा स्मार्टफोन छ। त्यस्तै दिनप्रतिदिन स्मार्टफोनको व्यापार पनि फस्टाउँदै गएको छ र कम्पनीहरुले धेरै सुविधा तथा फिचरहरु पनि दिइरहेका छन्।

यद्यपि कहिलेकाहीँ ह्याकरको कारण स्मार्टफोनको डेटाहरु सुरक्षित नहुने गरेको समाचार आउने गर्छ। यस्तोमा स्मार्टफोनको सुरक्षा प्रयोगकर्ताको लागि चिन्ताको विषय बनेको छ। 

बैंक एकाउन्टको जानकारीदेखि म्यासेज, फोटो, भिडियोजस्ता धेरै संवेदनशील जानकारी स्मार्टफोनमा हुन्छ, त्यसैले यसलाई सुरक्षित राख्नु निकै जरुरी पनि छ। आफ्नो केही सावधानीले धेरै हदसम्म आफ्नो फोनलाई ह्याक हुनबाट बचाउन सकिन्छ।

यहाँ एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताको लागि आफ्नो स्मार्टफोन सुरक्षित राख्ने केही उपायहरु उल्लेख गरिएको छ – 

विश्वसनीय स्रोतबाट मात्र एप डाउनलोड गर्ने 
एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले सबैभन्दा ध्यान दिनुपर्ने कुरा एप डाउनलोड सधैं विश्वसनीय स्रोतबाट गर्नुपर्छ। यसको लागि गुगल प्ले स्टोरमा भएका एप धेरै सुरक्षित मानिन्छ। यद्यपि यसबाट एप डाउनलोड गर्दा पनि सतर्क हुनु जरुरी हुन्छ। 

सानो असावधानीले पनि स्मार्टफोनलाई हानि पुर्‍याउने मालवेयर तपाईंको स्मार्टफोनमा आउन सक्छन्। यसको माध्यमबाट ह्याकरले स्मार्टफोनको पहुँच पाउन सक्छन्। त्यसैले एप डाउनलोड गर्दा कत्तिको विश्वसनीय छ भन्ने कुरा पनि हेर्नुपर्छ। 

फोनमा लक राख्नुहोस् 
आफ्नो स्मार्टफोन सुरक्षित राख्ने अर्को उपाय फोनमा लक राख्नु पनि हो। यसले तपाईंले आफ्नो फोन कतै हराउनुभयो भने पनि तपाईंको फोन कसैले खोल्न सक्दैन। जसोतसो खोले पनि धेरै समय लाग्छ।

यो समयमा तपाईंले आफ्नो मोबाइलबाट बाहिरिन सक्ने सबैजसो सूचना परिवर्तन गर्ने वा ब्लक गर्न सक्नुहुन्छ। त्यस्तै तत्कालै नखुल्ने भएकाले मोबाइललाई ट्र्याक पनि गर्न सकिन्छ। ​

एन्टिभाइरस सफ्टवेयरको प्रयोग 
एन्ड्रोइड सुरक्षासम्बन्धी समस्या समाधानको लागि एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नु जरुरी हुन्छ। यस किसिमका सफ्टवेयरले प्रयोगकर्तालाई स्मार्टफोनको कमजोरी पत्ता लगाउन सहयोग गर्न सक्छन्।

अटो पासवर्ड सेभिङ सेटिङ्स हटाउनुहोस्
सामान्यरुपमा केही एप वा वेबसाइट चलाउँदा अर्को पटकको प्रयोगमा सजिलो होस् भनेर अटो पासवर्ड सेभिङमा राखिन्छ। यसले पासवर्ड बिर्सेको अवस्थामा पनि सम्झिनलाई सजिलो हुन्छ।

यद्यपि सानो सुविधाको लागि प्रयोग गरिने यो फिचरले कहिलेकाहीँ ठूलो समस्या निम्त्याउन सक्छ। यसो गर्दा तपाईंको फोनमा कसैल पहुँच पाए आफ्नो संवेदनशील जानकारी सबै चुहिने जोखिम बढी हुन्छ। 

आफ्नो फोन सधैं अपडेट राख्नुहोस् 
स्मार्टफोनलाई सुरक्षित राख्न सधैं यसलाई अपडेट राख्नु जरुरी हुन्छ। तपाईंले प्रयोग गर्ने अपरेटिङ सिस्टमको पछिल्लो भर्सन अपडेट गर्नु पर्छ।

कम्पनीहरुले स्मार्टफोनको नयाँ भर्सनको अपरेटिङ सिस्टममा अघिल्लो भर्सनमा देखिएको कमजोरी हटाएका हुन्छन्। जसको कारण स्मार्टफोन ह्याकिङ हुने जोखिम कम हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .