ad ad

प्रविधि


फेसियल रिकग्निसन सफ्टवेयरको प्रयोग बन्द गर्दै फेसबुक

फेसियल रिकग्निसन सफ्टवेयरको प्रयोग बन्द गर्दै फेसबुक

नेपालखबर
कात्तिक १७, २०७८ बुधबार ८:४८, काठमाडौँ

फेसबुकले अब फोटो र भिडियोमा मानिसको अनुहार पहिचान गर्न सक्ने फेसियल रिकग्निसन सफ्टवेयर प्रयोग नगर्ने भएको छ। पछिल्लो समय फेसियल रिकग्निसन प्रविधिमाथि उठिरहेको गोपनीयता, रंगभेद र एकरुपताको विषयलाई लिएर फेसबुकले यो प्रविधिको प्रयोग रोक्ने निर्णय गरेको हो। 

अहिलेसम्म नियामकले अहिलेसम्म फेसियल रिकग्निसन प्रविधिको प्रयोग कसरी हुनुपर्छ भन्ने विषयमा स्पष्ट नियम ल्याएका छैनन्।

सन् २०१९ मा अमेरिकाको एक अध्ययनले फेसियल रिकग्निसन एल्गोरिदम त्यति सही नहुने र रंगभेदी रहेको देखाएको थियो। गत वर्ष फेसबुकले प्रविधिको प्रयोग अमेरिकाको इलिनियसको गोपनीयताको नियमविरुद्ध रहेको भन्दै ५५ करोड डलरको जरीवानाको सामना गरेको थियो। 

यो प्रविधि विवादित बन्दै गएपछि अमेजन र माइक्रोसफ्टले भने यो प्रविधिमा यसअघि नै रोक लगाइसकेका छन्। पछिल्लो समय फेसबुकबारे विभिन्न किसिमका नकारात्मक समाचारहरु आइरहेका छन्। यस्तोमा आफ्ना छवि सुधारको लागि कम्पनीले अहिले प्रयास गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .