ad ad

प्रविधि


चीनले बनायो विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटर

चीनले बनायो विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटर

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १९:४१, काठमाडौँ

चिनियाँ वैज्ञानिकले विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटर निर्माण गरेका छन्। यो सुपर कम्प्युटर अहिलेको सबैभन्दा छिटो सुपर कम्प्युटरको तुलनामा १० लाख गुणा धेरै शक्तिशाली छ। चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरले ‘एक्साफ्लप’ क्वान्टम कम्प्युटर निर्माण गरेको दाबी गरेको हो। 

चिनियाँ वैज्ञानिकले लामो समयदेखि यो कम्प्युटर निर्माणको लागि काम गर्दै आएका थिए। उनीहरुका अनुसार अहिले बनाइएको सुपर कम्प्युटरले विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरले भन्दा एक हजार खर्ब गुणा छिटो गणना गर्न सक्छ।

वैज्ञानिकले एक अध्ययनमा भनेका छन्, ‘हाम्रो लक्ष्य अब पूरा भयो भन्ने हाम्रो अनुमान छ। हाम्रो कम्प्युटर जुचोङझीले जुन काम केवल ७२ मिनेटमा पूरा गर्‍यो, त्यही काम पूरा गर्न विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरलाई कम्तीमा आठ वर्ष लाग्छ।’ 

वैज्ञानिकका अनुसार सुपर कम्प्युटर निर्माण गर्नुमा ‘क्वान्टम प्रविधि’को प्रमुख भूमिका छ। सामान्यतया ल्यापटप वा स्मार्टफोनले सूचनालाई शून्य र एकमा परिवर्तन गरेर काम गर्छन्। त्यसैगरी कम्प्युटर प्रोसेसर्सले पनि यसैगरी काम गर्नुपर्ने हुन्छ। यद्यपि यसको पनि एउटा सीमा हुन्छ, त्यसैको आधारमा कम्प्युटरले कति छिटो काम गर्छ भन्ने तय हुन्छ। 

अहिलेसम्म विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरको रुपमा गुगलको सिकामोर रहँदै आएको थियो । गुगलको यो कम्प्युटरले कम्प्युटरसँग सम्बन्धित यस्ता समस्या समाधान गरेको छ, जसको समाधान गर्न सामान्य कम्प्युटरलाई १० हजार वर्ष लाग्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .