ad ad

प्रविधि


आविष्कारको अधिकार मेसिनलाई दिन सकिन्नः बेलायती अदालतको फैसला

आविष्कारको अधिकार मेसिनलाई दिन सकिन्नः बेलायती अदालतको फैसला

नेपालखबर
असोज १०, २०७८ आइतबार १६:५०, काठमाडौँ

आर्टिफिसियल इन्टेलिजेन्सलाई नयाँ आविष्कारको अधिकार दिन नसकिने फैसला बेलायतको पुनरावेदन अदालतले गरेको छ।

कानुनले कुनै पनि नयाँ आविष्कारको सम्पूर्ण अधिकार त्यसको सर्जकलाई दिएको हुन्छ। तर, त्यो अधिकार मेसिनको हकमा लागू नहुने इजलासको भनाइ छ। 

स्टिफन थेलरले बेलायतको इन्टेलेक्चुअल प्रोपर्टी अफिसविरुद्ध यो मुद्दा हालेका थिए। यसै महिना थेलरले अमेरिकामा यस्तै प्रकृतिको मुद्दा हारेका थिए।

सन् २०१८ मा थेलरले दुई वटा पेटेन्टका लागि निवेदन दिएका थिए। तर, आवेदनमा उनले आफूलाई आविष्कारक भनेका थिएनन्। बरु उनले बनाएको डाबुस नामक एआईलाई सो अधिकार दिनुपर्ने बताएका थिए।

त्यो अस्वीकार भएपछि उनी उच्च अदालत गएका थिए। त्यहाँ हारेपछि पुनरावेदन गएका थिए।

इजलासका तीनमध्ये दुई न्यायाधीशले उनको विपक्षमा फैसला दिए।

‘अधिकार व्यक्तिको मात्रै हुनसक्छ। मेसिनको होइन,’ न्यायाधीश एलिजावेथ लाङले फैसलामा लेखेकी छन्।

न्यायाधीश अर्नोल्ड पनि यसमा सहभत छन्। तर, न्यायाधीश ब्रिसले भने फरक मत राखेका छन्। उनले कानुनलाई अलि सरल बनाउनुपर्ने बताएका छन्। बीबीसी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .