ad ad

प्रविधि


गुगललाई दक्षिण कोरियामा १७ करोड ७० लाख अमेरिकी डलर जरिवाना

गुगललाई दक्षिण कोरियामा १७ करोड ७० लाख अमेरिकी डलर जरिवाना

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०७८ बुधबार १३:३९, काठमाडौँ

दक्षिण कोरियाको प्रतिस्पर्धासम्बन्धी वाचडगले गुगललाई १७ करोड ७० लाख अमेरिकी डलर जरिवाना गर्ने भएको छ । 

बीबीसीका अनुसार सामसङजस्ता स्मार्टफोन निर्मातालाई अन्य अपरेटिङ सिस्टम प्रयोग गर्न ब्लक गरेको भन्दै उक्त जरिवाना गर्न लागिएको हो ।

यससम्बन्धी जरिवाना अहिलेसम्मकै ठूलो भएको बताइएको छ।

गुगलले भने जरिवानाविरुद्ध कानुन लडाइँ लड्ने बताएको छ । उसले आफ्नो सफ्टवेयर पेलिसीले हार्डवेयर साझेदार र उपभोक्तालाई फाइदा पुगेको दाबी गर्दै त्यसतर्फ दक्षिण कोरियाली सरकारी अधिकारीले ध्यान नदिएको बताएको छ।

दक्षिण कोरियाले मंगलबार जरिवानाको घोषणा गरेको हो ।

त्यहाँको दूरसञ्चार ऐन संशोधन हुँदै गर्दा गुगलविरुद्ध जरिवानाको तयारी भएको हो । संशोधित ऐनले गुगल र एप्पलजस्ता कम्पनीलाई उनीहरुको इन एप पर्चेसिङ सिस्टम किन्नबाट रोक लगाउँछ । दक्षिण कोरियाको यस्तो अभ्यास हालसम्मकै पहिलो भएको बताइएको छ ।

दक्षिण कोरियाले विदेशी प्रविधिमाथि कडा निगरानी गर्दै आएको छ । पछिल्ला वर्षमा गुगल र एप्पल निशानामा पर्दै आएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .