ad ad

प्रविधि


धेरै डाउनलोड हुने एपमा टिकटकले फेसबुकलाई उछिन्यो

धेरै डाउनलोड हुने एपमा टिकटकले फेसबुकलाई उछिन्यो

नेपालखबर
साउन २७, २०७८ बुधबार ११:३६, काठमाडौँ

भिडिओ सेयरिङ एप्लिकेसन टिकटक गत वर्ष संसारमै धेरै डाउनलोड हुने एप बनेको छ। 

प्रविधि विश्लेषक एप एनीका अनुसार सन् २०२० को विश्व सर्वेक्षणले चीनमा विकास गरिएको एप धेरै डाउनलोड भएको देखाएको हो। 

यस्तो सर्वेक्षण सन् २०१८ देखि सुरु गरिएको थियो। कोरोना महामारीका बेला सामाजिक सञ्जालको प्रयोग बढेको पनि उक्त सर्वेक्षणले देखाएको छ। त्यस्तै मेसेजिङ एप टेलिग्रामले पनि उच्च वरीयता पाएको छ। 

बाइटीडान्सले सन् २०१७ मा अन्तर्राष्ट्रिय भर्सनको रुपमा टिकटक ल्याएको थियो। त्यसयता टिकटकको लोकप्रियता चुलीमा पुगेको छ। यसले गत वर्ष फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जरलाई समेत माथ दिँदै पहिलो नम्बरमा पुगेको हो। 

अमेरिकामा समेत टिकटकको लोकप्रियता चुलिँदै गएको बताइएको छ। 

सन् २०२० मा विश्वव्यापी रुपमा टिकटक सर्वाधिक डाउनलोड हुने एप बन्दा फेसबुक दोस्रो, ह्वाट्सएप तेस्रो, इन्स्टाग्राम चौथो, फेसबुक मेसेन्जर पाँचौँ, स्न्यापच्याट छैठौँ, टेलिग्राम सातौँ, लाइकी आठौँ, पिन्टरेस्ट नवौँ र ट्विटर दशौँ नम्बरमा परेको छ। 

एसियाली स्तरमा भने फेसबुक नै पहिलो नम्बरमा छ। दोस्रोमा टिकटक, तेस्रोमा ह्वाट्सएप, चौथोमा इन्स्टाग्राम, पाँचौँमा फेसबुक मेसेन्जर, छैठौँमा स्न्याक भिडिओ, सातौँमा टेलिग्राम र आठौँमा स्न्यापच्याट, नवौँमा ट्रुकलर र दशौँमा लाइकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .