ad ad

प्रविधि


१३ वर्षमा पहिलोपटक चिनियाँ अन्तरिक्षयात्रीले गरे स्पेस वाक

१३ वर्षमा पहिलोपटक चिनियाँ अन्तरिक्षयात्रीले गरे स्पेस वाक

(तस्बिर: एससीएमपी)


नेपालखबर
असार २०, २०७८ आइतबार १३:५३,

चिनियाँ अन्तरिक्षयात्रीले १३ वर्षमा पहिलोपटक स्पेस वाक गरेका छन्। 

आइतबार आफ्नै अन्तरिक्ष केन्द ‘स्पेस स्टेसन’  ‘तियानगोङ’को बाहिर चिनियाँ अन्तरिक्षयात्री हिँडेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यसअघि अमेरिका, रुस लगायत राष्ट्रले निर्माण गरेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसको बाहिर चिनियाँ अन्तरिक्षयात्री पहिलोपटक हिँडेका थिए।

तर सन् २०११ मा प्रतिबन्ध लागेपछि भने चिनियाँ अन्तरिक्षयात्री त्यहाँ जान पाएका छैनन्। हाल सक्रिय अन्तरिक्ष केन्द्र आईएसएस मात्र हो।

तर चीनले यतिबेला आफ्नै अन्तरिक्ष केन्द्र बनाइरहेको छ। ३ अन्तरिक्षयात्री हाल तियानगोङ अन्तरिक्ष केन्द्र निर्माण र अनुसन्धानको लागि अन्तरिक्षमै छन्।

सोही क्रममा निर्माणाधीन तियानगोङ स्पेस स्टेसनमा चिनियाँ अन्तरिक्षयात्रीहरुले स्पेस वाक गरेका हुन्।

  हाल चिनियाँ स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्री, क्रमशः ताङ होङ्बो, नी हाइसेङ र लिउ बोमिङ

-हाल चिनियाँ स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्री, क्रमशः ताङ होङ्बो, नी हाइसेङ र लिउ बोमिङ

आइतबार बिहानै लिउ बोमिङ पहिलोपटक अन्तरिक्ष केन्द्र बाहिर निस्केका थिए। त्यसको ३ घण्टापछि ताङ होंबो पनि स्पेस वाकको लागि बाहिर निस्केका थिए। 

लिउ बोमिङले स्पेस मोड्युल बाहिरको दृश्य अत्यन्त रोमान्चक देखिएको बताएका छन्। उनीहरुले सो क्रममा नयाँ पुस्ताको स्पेससुट परीक्षण गरेका थिए।

भविष्यमा ती स्पेससुट नयाँ पुस्ताले अन्तरिक्षमा जाँदा प्रयोग गर्नेछन्। चाइना स्पेस एजेन्सीले अर्को स्पेस वाक चाँडै हुने पनि जानकारी दिएको छ। एससीएमपी

यो पनिः अमेरिकी प्रतिबन्धबाट थप शक्तिशाली बन्यो चीन, एक्लैले स्पेस स्टेसन बनाउने हिम्मत गर्‍यो
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .