प्रदेश १ को नाम किरात राख्नुपर्ने मागसहित भोजपुरमा चक्काजाम गरिएको छ।
किरात राई यायोक्खा भोजपुरले प्रदेश १ को नाम किरात राख्न माग गर्दै बुधबार एक घण्टा यातायात ठप्प पारेको हो।
किरात राई यायोक्खा जिल्ला कार्य समिति अध्यक्ष सिर्जना राईको नेतृत्वमा सदरमुकामस्थित देउराली चोकमा यातायात रोकिएको हो।
उनले किरात प्रदेश नामाकरणका लागि आन्दोलन जारी रहेको बताइन्। उनले कुनै हालतमा माग पूरा हुनुपर्ने तर्क गरिन्।
पहिचान र सभ्यताका आधारमा प्रदेश १ लाई किरात घोषणा गर्नुपर्ने उनको जोड थियो।
प्रतिक्रिया