राजनीति


अरू दलका उम्मेदवारको पोस्टमा लाइक र कमेन्ट नगर्न कांग्रेसको निर्देशन

अरू दलका उम्मेदवारको पोस्टमा लाइक र कमेन्ट नगर्न कांग्रेसको निर्देशन

नेपालखबर
माघ २८, २०८२ बुधबार १६:४१, कञ्चनपुर

नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

कांग्रेस कञ्चनपुरले बुधबार विज्ञप्ति जारी गरेर पार्टीका उम्मेदवारबाहेक अन्य दलका उम्मेदवारको पक्षपोषण हुने गरी कुनै पनि किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट र लाइक नगर्न निर्देशन दिएको हो।

‘पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार-प्रसारजस्ता कार्यहरू नगर्न र कुनै किसिमका अभिव्यक्ति नदिन हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

नेता तथा कार्यकर्तालाई उम्मेदवारको पछि नलागेर आ-आफ्नो वडामा केन्द्रित भएर सक्रिय हुन पनि कांग्रेस कञ्चनपुरले निर्देशन दिएको छ। आवश्यकता परेर अन्यन्त्र वडा क्षेत्रमा जानु पर्ने भए पार्टीलाई जानकारी गराएर मात्रै जान पनि भनिएको छ।

‘आ-आफ्नो टोल वडा छोडेर उम्मेदवारको पछि-पछि लाग्ने परम्पराले स्थानीयबासीसँग छलफल, विचार आदानप्रदान तथा सहजीकरण कार्यमा असहजता उत्पन्न हुन जाने भएकाले आ-आफ्नो वडामा केन्द्रित भई सक्रिय हुन समस्त पार्टीका साथीहरूलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकता परी अन्यन्त्र वडा क्षेत्रमा जानु पर्ने भएमा पार्टीको सम्बन्धित सचिवालयलाई जानकारी गरी मात्र जान हुन अनुरोध गरिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad