राजनीति


तीनै पार्टीको नेतृत्वबीच सम्पर्क गाढा भइरहेको छ : लेखराज भट्ट

तीनै पार्टीको नेतृत्वबीच सम्पर्क गाढा भइरहेको छ : लेखराज भट्ट

नेपालखबर
पुस २०, २०८२ आइतबार १३:५४, धनगढी

नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले आगामी चुनावलाई लिएर नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वबीच नियमित छलफल भइरहेको बताएका छन्। 

आइतबार गृहजिल्ला कैलाली पुगेका उपमहासचिव भट्टले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै तीनै पार्टीको नेतृत्व छलफलमा रहेको खुलाएका हुन्।

कांग्रेस, एमाले र नेकपा मिलेर चुनाव लड्नेबारे सोधिएको प्रश्नमा भट्टले भने, ‘राजनीति हो, सम्भावनालाई नकार्न सकिँदैन। नेतृत्वको बीचमा छलफल भइरहेको छ, सम्पर्क गाढा भइरहेको छ।’

अहिलेको अवस्थामा गणतन्त्र पक्षधर एक भएर जानुपर्नेमा एमालेको जोड रहेको भट्टको भनाइ थियो। ‘गणतन्त्र पक्षधरहरूले संविधानको रक्षाका लागि मिल्नुपर्छ भन्नेमा एमालेको जोड छ,’ भट्टले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad