ग्लोबल


चीनले अमेरिकालाई भन्यो : मदुरो दम्पतीलाई तुरुन्त रिहा गर

चीनले अमेरिकालाई भन्यो : मदुरो दम्पतीलाई तुरुन्त रिहा गर

अमेरिकी नियन्त्रणमा मदुरो।


नेपालखबर
पुस २०, २०८२ आइतबार १३:५८, काठमाडौँ

चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दम्पती तुरुन्त रिहा गर्न आग्रह गरेको छ। 

आइतबार चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भेनेजुएलाका नेतालाई बलपूर्वक पक्राउ गरी लगिएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई तत्काल मुक्त गर्न वासिङ्टनसँग माग गरेको हो। 

चीनको विदेश मन्त्रालयले भनेको छ, ‘चीन अमेरिकालाई राष्ट्रपति मदुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, उनीहरूलाई तुरुन्तै रिहा गर्न, भेनेजुएलाको शासनलाई उल्ट्याउन बन्द गर्न र वार्ता र संवादबाट समस्या समाधान गर्न आग्रह गर्दछ।’

चीनले आफ्नो विज्ञप्तिमा अमेरिकाको कदमले अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता, संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्त उल्लंघन गरेको टिप्पणी पनि गरेको छ।

अमेरिकी सेनाले जनवरी २ राति भेनेजुएलामा आक्रमण गर्दै त्यहाँका राष्ट्रपति मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अपहरण गरेर अमेरिका पुर्‍याएको छ।

अहिले उनीहरूलाई न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको छ।

मदुरोविरुद्ध हतियार र लागुपदार्थ सम्बन्धी आरोपमा मुद्दा चलाउने तयारी अमेरिकाले गरेको छ। 

यसैबीच भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ।

भेनेजुएलाको सर्वोच्च अदालतले डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad