राजनीति


माओवादी सुदूरपश्चिमले गर्‍यो ११२ नेताको कार्यविभाजन

माओवादी सुदूरपश्चिमले गर्‍यो ११२ नेताको कार्यविभाजन

सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल


नेपालखबर
असोज ३०, २०८१ बुधबार १२:५६, कञ्चनपुर

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले एक सय १२ केन्द्रीय सदस्यको कार्यविभाजन तोकेको छ।

प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले मंगलबार प्रदेश, जिल्ला, सदन, विभाग, जबस/मोर्चाहरूमा नेताहरूको कार्य विभाजन तोकेका हुन्। 

इन्चार्ज पोखरेलको नेतृत्वमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको तीन सदस्य कार्यालय पनि गठन गरिएको छ। जसमा स्थायी कमिटी सदस्य खगराज भट्ट र सहइन्चार्ज बिना मगर छन्। 

सुदूरपश्चिम प्रदेशका १६ संघीय निर्वाचन क्षेत्र र ३२ प्रादेशिक  निर्वाचन क्षेत्रमा पनि नेताहरुलाई जिम्मेवारी दिइएको छ। 

प्रदेशका सम्बन्धित विभागमा संयोजन गर्नेगरी ३२ वटा विभागमा जिम्मेवारी तोकिएको छ। जनवर्गीय सङ्गठन र जातीय मोर्चासँग सम्बन्धित नेताहरूको जिम्मेवारी तोकिएको छ।

नेता गणेश बमको उपचारका लागि सबै केन्द्रीय सदस्य र केन्द्रीय निकायका नेताहरूले दुई हजार जम्मा गर्न पोखरेलले निर्देशन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad