ad ad

राजनीति


समाजवादी मोर्चाले आज धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सभा गर्दै

समाजवादी मोर्चाले आज धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सभा गर्दै

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८० बुधबार ९:२१, धनगढी

समाजवादी मोर्चाले बुधबार धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सभा आयोजना गर्दै छ। 

मंगलबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय सभा गरेको मोर्चाले आज दिउँसो १ बजे धनगढीमा सुदूरपश्चिमस्तरीय सभा आयोजना गर्न लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज गोविन्द चौधरीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

समाजवादी मोर्चाले सातै प्रदेशमा प्रदेशस्तरीय सन्देश सभा गर्ने घोषणा गरेको छ। यसअघि मोर्चाले भदौ ८ गते वीरगञ्जमा सभा गरेको थियो।  

भोलि (१४ भदौ) सुर्खेतमा कर्णाली प्रदेशस्तरीय, भदौ १५ गते पोखरामा गण्डकी प्रदेश स्तरीय, भदौ २३ गते हेटौँडामा बागमती प्रदेशस्तरीय र भदौ २५ गते विराटनगरमा कोशी प्रदेशस्तरीय सभा आयोजना गरिने मोर्चाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .