राजनीति


सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त

रावललाई मुख्यमन्त्रीमा नियुक्त गर्दै प्रदेश प्रमुख देवराज जोशी


नेपालखबर
पुस २७, २०७९ बुधबार १८:१, कञ्चनपुर

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीले समर्थन दिएपछि उनी यो प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका हुन। 

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे। 

प्रदेश प्रमुखले दिएको समयअनुसार नै बिहीबार साँझ ५ बजे सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा रावलको दाबी पेश भएको थियो। 

उनको पक्षमा एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १ सहित २९ सांसदको समर्थन छ। 

बिहीबार बिहानदेखि नागरिक उन्मुक्ति नआएपछि एमाले प्रदेश प्रमुखसमक्ष दाबी गर्न जान सकेको थिएन।

तर प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको साँझ ५ बज्न नपाउँदै एमालेलाई समर्थन मिलेको हो। 

नागरिक उन्मुक्तिले रेशम चौधरी रिहाइको लिखित प्रतिवद्धता नपाएसम्म समर्थन नगर्ने अडान लिएको थियो। 

शीर्ष तहमा माघ महिनाभित्र आवश्यक प्रक्रिया मिलाएर चौधरीलाई रिहाइ गर्ने प्रतिवद्धता आएपछि नागरिक उन्मुक्तिले समर्थन गरेको हो। 

सुदूरपश्चिम प्रदेशमा अहिले सरकार गठबनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक थियो।

यो प्रदेशमा नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य छन्। उसले एमाले नेतृत्वको गठबन्धनलाई समर्थन नगरे सरकार बन्न सक्दैनथ्यो।

सुदूरपश्चिममा माओवादीका त्रिलोचन भट्टले विवाद र निराशाबीच आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .