ad ad

राजनीति


गण्डकीका पदमुक्त सांसद फणीन्द्र देवकोटाको रिट हेर्दाहेर्दैमा

गण्डकीका पदमुक्त सांसद फणीन्द्र देवकोटाको रिट हेर्दाहेर्दैमा

नेपालखबर
असार ९, २०८१ आइतबार १७:२३, काठमाडौँ

नेपाल समाजवादी पार्टीका नेता एवं गण्डकी प्रदेश सभाका पदमुक्त सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा आइतबार पेसी तोकिएको थियो। 

मुद्दामा धेरै कानुन व्यवसायीले बहस गर्न बाँकी भएपछि हेर्दाहेर्दैमा राखिएको हो। देवकोटाले आफूमाथि गरिएको कारबाही बदरको माग गर्दै सर्वोच्चमा गन असार ६ गते रिट दायर गरेका थिए। 

उनको मुद्दा आइतबार चौथो नम्बरमा पेसी चढेको थियो। 

पार्टीको ह्वीप उल्लघंन गरेको भन्दै माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दललले देवकोटालाई कारबाही  गर्न प्रदेश सभाको संसद सचिवालयमा पत्र पठाएको थियो। त्यसपछि सभामुखले उक्त पत्र संसद बैठकमा पढेर सुनाएका थिए। 

माओवादीको पत्र संसद सचिवालयमा पुगेर सभामुखले सभामा वाचन गरेसँगै देवकोटा पदमुक्त भएका थिए। उनले नेपाली कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। 

देवकोटा पाण्डे नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्री समेत बनेका छन्। सांसद नभए पनि उनी ६ महिनासम्म मन्त्री भने हुन पाउँछन्। 

देवकोटा गत प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा २९१० बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .